एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता, महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्ने (पूर्णपाठ)

दर्पण दैनिक ९ फाल्गुन २०८१,१४:३२
post

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्ताका लागि आचारसंहिता प्रस्ताव गरेका छन् । आज (शुक्रबार) बाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले १३ बुँदाको आचारसंहिता प्रस्ताव गरेका हुन् ।

बैठकमा प्रस्ताव गरिएको यो आचारसंहिता केन्द्रीय समितिले पारित गरेको दिनदेखि प्रारम्भ हुने भनिएको छ। जसको पालनकर्ता पार्टीका सबै नेता–कार्यकर्ता हुने भनिएको छ । आचारसंहितामा मार्गदर्शन सिद्धान्त, मूल्यमान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी बहन, जबाफदेहितालगायतका विषय राखिएका छन् ।


आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयविरुद्ध आफ्नो पार्टी कमिटी भन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’

आचारसंहिताको आचरणमा ‘पार्टीका नेता–कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, उठबस आदि सरल र सामान्य हुनुपर्ने भनिएको छ । यस्तै नैतिकतामा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्ने भनेको छ ।

यस्तै परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानेको छ । ‘कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ, ‘महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।’

पूर्णपाठ

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: