कहिल्यै नथाक्ने उर्जाशील युवा नेता शाही : पुग्दैछन कर्णालीका दुर्गम गाउँ गाउँमा

दर्पण दैनिक १४ चैत्र २०८०,२२:०८
post

सुर्खेत । राजनीतिमा अहिले धेरै दुख गर्ने र संघर्ष गर्ने भन्दा पनि चर्का गफ गर्ने, सामाजिक सञ्जालमा मात्रै सक्रिय हुने, मुख्य नेत्तृत्वलाई खुसी पारेर पद हत्याउने र नेता हुने प्रवृत्ति देखिन थालेको छ । राजधानीमा बस्ने र यताउति कुराकानी मिलाएर मात्रै नेता हुने प्रवृतिको ठिक विपरित नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही सँधै सक्रिय हुने, केहि न केहि गरिरहने, बिभिन्न अभियान चलाइरहने, संगठनको काममा हिँडिरहने एकदमै गतिशील, क्रियाशील र उर्जाशील युवा नेताको रुपमा स्थापित हुँदै गइरहेका छन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदा किताव लेख्ने, नेविसंघको गीत लेख्ने, भेला गोष्ठि गरिराख्ने शाही तरुण दलको महामन्त्री हुँदा पनि देशैभरि प्रशिक्षण अभियान चलाएर मेची–महाकाली पुगेका थिए । 

शाही आफ्नो गृह जिल्ला कालिकोट पुग्दा पनि केहि न केहि कार्यक्रम गरेर पार्टीलाई चलायमान बनाइ राख्छन् । उनी राजनीतिसँग साहित्य, सामाजिक सेवालगायत अन्य गतिविधिमा पनि सक्रिय देखिन्छन् । उनले केही महिना अगाडि मात्रै देशैभरिका युवाहरुको सहभागितामा युवा विचार सम्मेलन, उद्यमशीलताको विकासको लागि उद्यमशील युवा सिर्जनशील युवा सम्मेलन, बृहत युवा भेला, तीज विशेष कार्यक्रम, दशैँमा शुभकामना कार्यक्रमलगायत महत्वपुर्ण कार्यक्रमहरु सम्पन्न गरेका थिए । तराईमा बाढी आउँदा होस कि पहाडमा पहिरो जाँदा होस सहयोग बोकेर पीडितको आगनमा पुगिहाल्ने युवा नेता शाही कोरोना महामारीको बेलामा पनि १० हजार बढीलाइ निःशुल्क भोजन ब्यवस्थापन गरेर मेलम्चीका बाढीपीडितलाई झण्डै २५ लाख बराबरको सहयोग गर्न पुगेका थिए । अस्ति भर्खरै जाजरकोटमा भुकम्प जाँदा पनि तत्काल राहत बोकेर पीडितको घाउमा मलम लगाउन शाही सक्रिय भएका थिए । 

कहिल्यै नथाक्ने, चुप लागेर यत्तिकै नबस्ने र केहि न केहि गरिराख्ने नेताको परिचय बनाएका शाही यहीं वर्ष नेपाली कांग्रेस रुपान्तरण अभियानमा पश्चिम धनगढीदेखि पूर्व ताप्लेजुङसम्म पनि पुगेका थिए । अहिले उनी पुनः कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा निस्किएका छन् । ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ नाम दिएर नेता शाही सल्यानको कपुरकोटदेखी हुम्लाको सिमिकोटसम्मको राजनितिक यात्रामा हिंडिरहेका छन् । सुगम जिल्लाका चिल्ला सडकमा हिड्नु र नाम मात्रका कच्चि सडकमा हिड्नु धेरै भिन्नता छ । कर्णालीको कठिन भुगोल, पहाडी  र हिमाली विकट वस्ति र गाउँ गाउँमा अप्ठ्यारो बाटोको चुनौति पूर्ण यात्रामा उनी पार्टी संगठनको चिन्ता र चासोले खटिइरहेका छन् ।

आम चुनाव र पार्टीका आन्तरिक अधिवेशनमा मात्रै देखिने नेताहरु अहिले कुनै पनि चुनाव र अधिवेशन नभएको बेला विना स्वार्थ यसरी जिल्ला–जिल्ला गाउँ–गाउँ पुग्दा नेपाली कांग्रेसका स्थानीय नेताहरु पनि निकै हर्षित र उत्साहित भएका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीलाई सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोट सम्मको यात्रामा बिभिन्न जिल्लामा भव्य स्वागत समेत गरिएको छ । नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखी हुम्ला सिमीकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी,  महासमिति सदस्य,  महाधिवेशन प्रतिनिधि, जिल्ला र स्थानीय तह लगायतका कांग्रेस नेता तथा कार्यकर्ताहरुले भव्य रुपमा स्वागत गरेका हुन् । 

यहीं चैत्र २ गतेबाट सल्यानको कपुर कोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरवशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रीत रहेको बताए । उनले भने, ’अब नेपाली कांग्रेसले सत्ता केन्द्रीत होइन कि जनता केन्द्रीत भएर काम गर्नु पर्छ । नेपाली कांग्रेस को अर्जुन दृष्टिमा कुर्चि होइन कि नागरिक हुनु पर्छ। जनताको जिबन शैली परिवर्तन गर्ने गरि आम नागरिकको जिवनयापनलाइ सहज तुल्याउने गरि काम गर्नु पर्छ। सर्बसाधरणको निन्याउरो अनुहारमा अलिकति भएपनि खुसि ल्याउने गरि  नेपाली कांग्रेसले अब कदम चाल्नु पर्छ ।’


संगठन सुदृढ यात्रामा नेता शाही, नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्ट, कुशे गाँउपालिकाकी उपाध्यक्ष देविका सिंह, चुर्नबहादुर केसी, मनराज शाही लगायतको टोलीले कर्णालीका बिभिन्न स्थानीय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सल्यान, रुकुम पश्चिम, डोल्पा, जाजरकोटहुँदै दैलेख पुगेका कांग्रेस नेता शाहीले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण गर्न जरुरी रहेको बताए । 

उनले भने, 'अब अरुको बैशाखी टेकेर होइन, आफ्नै बलमा सरकार बनाउने ताकत निर्माण गर्नु पर्छ । अब धोकेबाज मओवादीसँग गठबन्धन गर्ने होइन कि आफ्नै पार्टी भित्र मनको बन्धन बलियो बनाउनु पर्छ ।’
यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखि युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरूसँग गरिएको भेटघाट, अन्तरक्रिया मार्फत पार्टीमा नयाँ उर्जा र भरोसा थपिएको उनले बताए । 

उनले भने, ‘यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्राय सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाउँ केन्द्रीत हुन्छन । अधिवेशन सकिए पछि पार्टीमा निस्क्रियता र शिथिलता छाउछ तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो पनि केही कर्तव्य र दायित्व बोध गरी पार्टीलाइ चलायमान बनाउन संगठन सुदृढ यात्रा थालेको हुँ । यो यात्रा कुनै समुहमा केन्द्रीत होईन, सिंगो पार्टी र आम नागरिकहरुलाई कांग्रेस प्रतिको आशा देखाउनु पनि हो । नेता शाहीले भने अहिले गुटबन्दी गर्ने बेला होइन, कांग्रेसका बिरुद्ध घेराबन्दी भएकाले सबै कांग्रेस एकजुट भएर प्रतिवाद गर्नु पर्छ ।’
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: