
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ, ।’
प्रधानमन्त्रीले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । सिंगोदेश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ । १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छु प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google