
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केही केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेकाे छ । बुधबार बसेको रास्वपा सचिवालय बैठकले नीति तथा विचार विभाग, कृषि विभाग र ऊर्जा तथा जलस्रोत विभागमा हेरफेर गरेकाे हाे ।
जिम्मेवारी हेरफेर गरिएपछि नीति तथा विचार विभाग – प्रमुख, डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियारले जिम्मेवारी पाएका छन् । त्यस्तै, कृषि विभागमा प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागकाे संयोजककाे जिम्मेवारी श्रीराम न्यौपानेले पाएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google