७० वर्षे उमेरहद राखिए पनि नेता जन्माउन सकेनाैं : झलनाथ खनाल

दर्पण दैनिक ११ पुष २०८०,१५:०४
post

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् ।  आज (बुधबार)बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले नवौँ महाविधेशनमा ७० वर्षे उमेरहद राखिएपनि ७० वर्ष तलका नेता जन्माउन नसकिएको बताए । 


'उमेरहद हिजो नवौँ महाधिवेशनमा ७० वर्ष भनेर राखेका थियौं । उमेरहद त राख्यौं तर उमेरहदभन्दा तलतिरका नेता जन्माउन सकेनौं । त्यो दुखद् कुरा छ,' उनले भने । 


उनले उमेरहद सान्दर्भिक नदेखिने बताए । 'यसको सन्दर्भ नै देखिँदैन । लागु पनि गरिएन, केही गरिएन,' खनालले भने ।  महाधिवेशनमा युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने खनालको भनाइ थियो । ४० प्रतिशत युवाहरू राख्ने विषय आएको बैठकलाई जानकारी दिए ।


नेता खनालले वैदिशक हस्तक्षेप बढिरहेको बताए । 'हाम्रो देशमा वैदेशिक घुसपेठ, हस्तक्षेप, प्रभाव हरेक दिन बढ्दो छ । खासगरी अमेरिकी सम्राज्यवाद र दक्षिणी मित्रहरू जुन ढंगले हस्तक्षेप गरिरहेका छन् । उनीहरूको दुई–चार वटा उदेश्य देखिन्छन्,' खनालले भने । 


देशलाई उनीहरूले आफ्नो पकडमा लिन चाहेको आरोप लगाए । देशलाई सामाज्यवादी शक्तिले नियन्त्रणमा लिन लागिरहेको उनको दाबी छ । उनले प्रधान शत्रु र मित्रको बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने जिकिर गरे । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: