
काठमाडौँ । लगातार अवरुद्ध हुुँदै आएको संसद खुलाउन सत्ता र प्रमुख प्रतिपक्षीबीच दुुई बुँदे सहमति भएको छ । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित दुई साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।
सहमतिमा सत्ता पक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्। तीन दलहरुबीचको सहमतिसँगै गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा जानेबाट सेटिङमा लाखौं उठाउने गरिएको प्रकरणमा पद जोगाउन सफल भएका छन् ।
गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि सुरू भएको भिजिट भिसा प्रकरणमा शुक्रबार तीन दलले सहमति गरेसँगै गृहमन्त्री लेखकको संकट तत्कालका लागि टर्ने देखिएको छ । अख्तियारको टोलीले त्रिभुवन विमानस्थल अध्यगमन कार्यालयबाट भट्टराईलाई नियन्त्रणमा लिएपछि दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलासा भएको थियो ।
यस्तो छ दुई बुँदे सहमति
सत्तापक्ष र विपक्षी दलबीच भएको सहमति
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































.jpg)




































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google