काठमाडाैँ । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विपद् प्रभावित क्षेत्रको व्यवस्थापनमा सरकारको उपस्थिति फितलो भएको बताएका छन् । सरकार विपद् लगत्तै उपस्थिति देखाएर आश्वासन दिएपनि सम्बाेधन हुन नसकेको उनले बताए ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय माग गर्दै सांसद लामाले आम नागरिकको समस्या सुन्ने अवस्था बनेन भने राज्य प्रति वितृष्ण पैदा हुने बताएका छन् । नागरिकको समस्यामा सरकारमा रहेका मन्त्री र नेतृत्वकर्ताहरुले गम्भीरताका साथ अघि बढाउनुपर्ने उनले बताए । विपद् प्रभावित क्षेत्रको व्यवस्थापन र पुनः निर्माणका लागि बागमती प्रदेश सरकारले गम्भीरताका साथ काम गर्नुपर्ने उनको भनाई छ । उनले आगामी बजेटमा काभ्रेका विपद् प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्न समेत माग गरे ।
उनका अनुसार गत असोज १० देखि १२ गतेसम्मको वर्षका कारण काभ्रेको ४ स्थानीय तह (पनौती रोशि, बेथानचोक र नमोबुद्ध) सहित अन्य ९ पालिकामा बढी भएको उनले बताए । विपद्का कारण उक्त स्थानीय तहहरुमा सडक पूर्वाधार, खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा क्षति पुगेको उनले बताए । रोशि खोलाको उचाइ ४ इन्च बढेकाले विपद्को जोखिम उच्च बनेको उनको भनाई छ । उक्त विपद् प्रभावित स्थानीय तहको पुनः निर्माणमा सरकारको ध्यानाकर्षण गर्न सभामुखले रुलिङ गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google