
काठमाडौँ । कैलालीमा नेकपा एमालेका तीन सय ५८ जना डा। भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएको जानकारी गराएका हुन् ।
पूर्वमन्त्री सुवेदीका अनुसार गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएका हुन् । ‘दुई सय ५० त एमालेका संगठित सदस्य नै हुन्,’ उनले भने, ‘अन्य एमाले समर्थकहरू पनि अभियानमा जोडिएका छन् ।’ अभियानमा सहभागिता बढ्दै गइरहेको र थप नेताकार्यकर्ता पनि सम्पर्कमा भर्को सुवेदीले दाबी गरे ।
पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमाले कैलालीले यसअघि नै रावलको अभियानमा जोडिएको भन्दै कारवाही गरिसकेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google