सहकारी प्रकरणको छानविन गर्न संसदीय समितिको आवश्यक छैन : रास्वपा

दर्पण दैनिक २५ बैशाख २०८१,१२:२३
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भएपनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको हो ।

संसदीय छानविन समितिको माग आफूहरुको नभएकाले त्यसबारेमा थप छलफल नभएको सांसद मनिष झाले बताए । उनले भने, 'त्यसबारे अहिले सभामुखले बैठक राख्दै हुनुहुन्छ त्यहाँ छलफल होला । आवश्यक छैन भन्ने पार्टी निष्कर्ष हो । हामी पूरै समस्याको समाधान गर्नेगरी जाऔैं भनिरहेका छौं व्यक्तिकेन्द्रित गरेर संसदीय छानविन सम्भव छै्रन । हाम्रो पार्टी सभापतिले सबैकुरा प्रष्ट राखिसक्नुभएको छ । सबै समस्या समाधान गर्न हामी तयार छौं ।'

उनले बैठकमा आगामी बजेट अधिवेशनको तयारीबारे छलफल भएको बताए । गत बजेट अधिवेशनको मुल्यांकन गरेर प्रभावकारी रुपमा उपस्थित हुन पार्टी सभापतिले सांसदहरुलाई निर्देशन दिएको बताए ।

उनले अहिलेको राजनीतिक स्थितीबारे सभापतिले सबैलाई जानकारी गराएको समेत बताए । इलामको उपनिर्वाचनको समीक्षा गर्ने बैठकको एजेण्डा भएपनि आज नभ्याइएकाले अर्को बैठकमा गर्ने उनको भनाइ छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: