
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत एक अपील जारी गर्दै बोहराले पार्टीको स्थापनाकालदेखिको संघर्ष र अप्ठ्यारो परिस्थितिमा खेलेको भूमिकालाई आधार बनाएर उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् । बोहराले रास्वपाले बोकेको वैकल्पिक राजनीतिको एजेन्डालाई स्थापित गर्न आफूले सुरुवाती दिनदेखि नै दृढताका साथ काम गरेको उल्लेख गरेका छन् ।
‘हामीले बोकेको वैकल्पिक राजनीतिको झन्डालाई कतिले जिस्काए, कतिले होच्याए । कतिले यसलाई केही महिनाको रहर मात्रै भने, तर हामी डगमगाएनौँ,’ उनले भनेका छन् । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र न्यायपालिकाबाट समेत अन्याय भएको भन्दै बोहराले त्यसविरुद्ध आफू अग्रपङ्क्तिमा उभिएको बताएका छन् । सभापति लामिछानेको न्यायका लागि देशभरबाट ४० लाख हस्ताक्षर संकलन गर्ने अभियानको नेतृत्व उनले गरेका थिए ।
उनले स्टाटसमा लेखेका छन्, ‘मैले ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गर्ने अवसर पाएँ । त्यो अभियान कुनै व्यक्तिलाई होइन, न्यायलाई नै न्याय दिने अभियान थियो ।’
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै बोहराले पार्टीलाई अझ जनमुखी, उत्तरदायी र विधिपूर्वक चलाउन आफ्नो भूमिका उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनले कार्यकर्ताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउन र नेतृत्वलाई सही बाटोमा हिँडाउन आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
‘तपाईंको एक मत केबल दीपक बोहराका लागि होइन, संघर्षलाई सम्मान गर्ने र कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्याउने संकल्पका लागि हुनेछ,’ उनले अपिलमा भनेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google