रास्वपाले अघि सार्‍यो ‘उम्मेदवार क्लब’ को अवधारणा

दर्पण दैनिक ८ पुष २०८०,१५:५३
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटका लागि नयाँ अवधारणा ल्याएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारिएको छ ।

महामन्त्री मुकुल ढकालका अनुसार ‘उम्मेदवार क्लब’ स्थानीय तहका उम्मेदवार केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्ने छन् । संघीय सांसदको उम्मेदवारका लागि ‘उम्मेदवार क्लब’ गठन गर्ने सन्दर्भमा पार्टीले सोच बनाई नसकेको महामन्त्री ढकाल बताए ।


११ देखि १३ मङ्सिरसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । रास्वपाका अनुसार उम्मेदवार क्लबमा दर्ता भएकालाई प्रशिक्षित गरिने छ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण रास्वपाले दिनेछ ।

निर्वाचन जितेपछि गर्नुपर्ने कामका लागि उम्मेदवारलाई स्पष्ट बनाउने गरी प्रशिक्षित गराउने रास्वपाले जनाएको छ । महामन्त्री ढकालका अनुसार ‘उम्मेदवार क्लब’ उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: