मेटमणिलाई कारबाही गर्न शान्ता चौधरीकाे माग, ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो

दर्पण दैनिक २९ भाद्र २०८१,१८:२६
post

काठमाडौँ । नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही हुनुपर्ने बताएकी छन् । मेटमणिले एक टेलिभिजन अन्तर्वार्तामा ‘देशविरोधी’ अभिव्यक्ति दिएकाले उनलाई कारबाही हुनुपर्ने माग पूर्वसांसद शान्ताले गरेकी हुन् । 

केही दिनअघि टीभी अन्तर्वार्ताका क्रममा एकीकृत समाजवादीका उपमहासचिव मेटमणिले नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, कालापानी, लिपुपलेकमा भारतको अधिकार भएको भनेपछि उनको आलोचना भइरहेको छ । 

आफूले पनि त्यस्तो बोल्न नहुने भन्दा मेटमणिलेृ आफूलाई ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो शान्ताले गरेकी छन् ।   

‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो मेटमणिजी मेरो बदख्वाइँ गर्न लाग्नुभएछ । कालापानी भारतको हो भन्दै टेलेभिजनमा बोल्ने मेटमणिलाई त्यस्तो बोल्नु राम्रो होइन भन्दा मलाइ अचारवाली भनेर तुच्छ वचन बोल्नुभएछ’, शान्ताले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘महिला उद्यमीहरूप्रतिको उहाँको धारणा कति दुर्गन्धित रहेछ । म एउटा राजनीति गर्ने मान्छे स्वाभिमानयुक्त राजनीतिको लागि उद्यमशीलता आवश्यक छ भनेर लागेको छु । विदेशीको दलाली गरेर देशको सार्वभौमिकताप्रति खेदो खन्ने काम मैले गरेको छैन ।’

उनले अगाडि लेखेकी छन्, ‘कि तपाईंजस्तै विदेशी कुँडो खाएर देशविरुद्ध बोल्दै हिँड्नु माननीयज्यू ? देशविरोधी तपाईंका अभिव्यक्तिप्रति तपाईंलाइ कारबाही हुनुपर्छ। ’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: