
एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करण असोज तेस्रो साता हुने भएको छ । शनिबार ईडब्लूभीले तेस्रो संकरणको मिति घोषणा गरेको हो । आउँदो असोज १५ देखि २४ गतेसम्म काठमाडौँको दरशरथ रंगशाला कभर्ड हलमा प्रतियोगिता हुने भएको छ ।
नेपाला भलिबल संघले पनि लिगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ । यससँगै लिगको तयारी अगाडि बढेको ईडब्लूभीले जनाएको छ ।
अघिल्लो दुई संस्करणको सफलता र बढ्दो लोकप्रियाताले तेस्रो संस्करणका लागि हौसला बढेको जनाइएको छ । तेस्रो संस्करणलाई अझ भव्य, उत्कृष्ट र प्रतिस्पर्धात्मक बनाउन तयारी थालिएको ईडब्लूभीले जनाएको छ ।
यस प्रतियोगिताले महिला भलिबल खेलाडीलाई उच्च स्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै आएको छ। तेस्रो संस्करणले नेपालमा महिला भलिबलको समग्र विकास र प्रगतिशील वातावरण निर्माणमा थप भूमिका खेल्ने जनाइएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)



















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google