राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको एकीकृत समाजवादीकाे दाबी

दर्पण दैनिक १० फाल्गुन २०७९,१५:२२
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सम्मानित नेता झलनाथ खनाल र प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको दाबी गरेका हुन् ।

‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो,’ खनालले भने, ‘राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्‍यो ।’

उनले राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गर्ने बताएका थिए । एमालेसँग अहिले पार्टी एकता नहुने उनले संकेत गरेका छन् ।

‘एमालेसँग कुरा मिल्न कठिन सवाल छ। मिल्दै मिल्दैन कसरी भन्ने, मिल्ने आधार पनि तय भएको छैन,’ खनालले भने ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले २ वटा निर्णय गरेको बताए। पहिलो, अग्रगमन शक्तिहरूसँग छलफल गर्ने। दोस्रो, राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने । उनले पनि राष्ट्रपतिमा कसैले पनि अहिलेसम्म पार्टीलाई प्रस्ताव नगरेको दाबी गरेका थिए ।

‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो । कसैले प्रस्ताव गरे धारणा बनाउने हो। तर हामी संसदमा रहेका सबै दलहरूसँग छलफल भने गर्छौं,’ उनले भने ।

राष्ट्रपति राजनीतिक दलभित्रैबाट हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको उनको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि भेटवार्ता भएको र उक्त भेटमा अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरेको खबर आएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: