काठमाडौं । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहँदै आएका नेकपा (एमाले) का नेता भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच कुराकानी भएको छ । अध्यक्ष ओलीसँग कुरा गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेका थिए । अहिले ओली र रावलबीच च्यासलमा कुराकानी भएकाे छ, के कुरा भयाे भन्ने बाहिर आएको छैन् । लामो समयदेखि एमालेमा निष्क्रिय रहँदै आएका रावलले ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
२०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो । गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिएका थिएनन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google