रवि लामिछानेलाई चितवन २ का जनताकाे सिधा प्रश्न

दर्पण दैनिक ११ भाद्र २०८०,१७:०७
post

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सार्वजनिक सुनवाइ गरेका छन् । मतदातासँग मत माग्ने क्रममा हरेक चार/चार महिनामा सार्वजनिक सुनवाइ गर्ने प्रतिबद्धता जनाएका उनले आइतबार चितवन निर्वाचन क्षेत्र नं २ को नारायणी कला मन्दिरमा पहिलोपटक सार्वजनिक सुनुवाइ गरेका हुन् ।

जनप्रनिधि जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक सुनुवाइ गरिएको चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले जानकारी दिए । सार्वजनिक सुनुवाइमा उनी निर्वाचित भएपछि गरिएका काम, जिल्लाका पालिका र सरकारी कार्यालयका कामप्रति नागरिकले चासो व्यक्त गरेका थिए ।

करिब पाँच घण्टा चलेको कार्यक्रममा नागरिकले भ्रष्टाचार र ढिलासुस्तीका विषयमा सांसद र सरकारी कार्यालयका प्रतिनिधिसँग जवाफ माग गरेका थिए । उनीहरुले सहकारी सञ्चालकले ठगेको विषयमा सदनमा कुरा उठाउन र नागरिकलाई न्याय दिन आग्रह गरे ।

भरतपुर महानगरपालिका– ९ का पूर्णभद्र कँडेलले सहकारीले साना बचतकर्तामाथि ठगेकामा जानकारी गराउँदासमेत समाधान हुन नसकेको बताए । “साहरा सहकारीले पैसा नदिएको हजुरलाई भेटेर नै जानकारी गराएको थिएँ । म दीर्घरोगी पनि छु । मासिक  ३० देखि ३५ हजार उपचारमा खर्च लाग्छ । सहकारीले पैसा दिँदैन । औषधि उपचार गर्नसक्ने अवस्थासमेत छैन”, आफ्नो पीडा पोख्दै उनले भने, “चितवनबाट रु पाँच अर्बभन्दा बढी सहकारी सञ्चालकले ठगी गरेका छन् । बचतकर्ता गाँस बासबाट वञ्चित भएका छन् । सिआइबीसम्म पनि फाइल पुगेको छ । तर अगाडि बढ्दैन ।” उनले सिआइबीलाई फाइल नखोल्नका लागि सञ्चालकहरूले दिएको पनि सुनाए ।

सार्वजनिक सुनुवाइमा पूर्वी चितवनमा चल्ने सार्वजनिक सवारीसाधन भरतपुरको केन्द्रीय बसपार्कमै रोकेको विषयले पनि प्राथमिकता पायो । यातायात व्यवसायी बद्रीप्रसाद पौडेलले भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यस विषयमा पटक्कै ध्यान नदिएको बताए । “नारायणगढसम्म सवारीसाधन ल्याउनका लागि वातावरण बनाइदिन पूर्वी चितवनका तीन वटा स्थानीय तहले पत्रसमेत पठाएका थिए तर  सवारीसाधनको चापलाई लिएर नारायणगढ आउन दिइएको छैन”, उनले भने, “हामीले ४० जना यात्रु एकैपटक ल्याउँछौँ । ती यात्रु ल्याउन कम्तीमा सात वटा म्याजिक चाहिन्छ । एउटा बसले ट्राफिक जाम गराउँछ कि सात वटा म्याजिकले ?”

नगरिकका प्रश्नमा जिल्लाका विषयगत सरकारी कार्यालयका प्रतिनिधिले जवाफ दिएका थिए । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले नागरिकका गुनासो सम्बोध नगरिने जानकारी गराउँदै महानगरपालिकाले गरेका कामका बारे चर्चा गरे ।

सांसद लामिछाने सञ्चालनमा ल्याएको ब्लु बसका विषयमा समेत प्रश्न उठ्यो । भरतपुर महानगरपालिका–५ की भोजकुमारी न्यौपानेले ब्लुबस सबै क्षेत्रमा सञ्चालन गर्न माग गरे । “आमाहरु रविको बस चल्छ रे चढ्नुप¥यो भन्नुहुन्छ हाम्रोतिर छैन”, उनले भने, “सबैतिर किन सञ्चालन हुन नसकेको हो ?”, प्रतित्तरमा लामिछानेले भने, “एउटै बसले ढाड सेकेको छ । अहिले भएको रुट थप र परिर्वतन गर्न पनि सकिन्छ ।”

कार्यक्रममा गोन्द्राङ नारायणगढको छ लेनको सडक विस्तारको काम, बाइपास रोड, कालिका नगरपालिका जोड्ने भोजाडबाट पदमपुर सडक छिटो निर्माण गर्न नागरिकले अनुरोध गरेका थिए । त्यस्तै नारायणी लिफ्ट, व्यवसायीको समस्यालगायत विषय उठेका थिए ।

सांसद लामिछानेले नागरिकका गुनासा स्थानीय सरकार, जिल्ला प्रशासनसँग कुरा भएको र छिट्टै समस्या समाधान हुने आश्वासन दिए । उनले सार्वजनिक यातायातमा महिलाले सुरक्षित यात्रा गर्नुपर्दछ भन्ने उद्देश्यका साथ बस सञ्चालनमा ल्याइएको र  आफूले ल्याएको अवधारणा सबै दलले ल्याए पनि हुनेमा जोड दिए ।

सय दिनमा सार्वजनिक गरिएको कार्यक्रम सञ्चालनका लागि ११ महिनालाई स्रोत सुनिश्चित भएको सांसद लामिछानेले बताए । “ब्लु बस, मोबाइल क्लिनिक र कार्यालय सञ्चालन गर्न २० सदस्यले मासिक ४५ हजार दिनुहुन्छ”, उनले भने, “बाँकीका लागि चितवन क्लबको अवधारणा ल्याएका छौँ । यसमा देश विदेशमा रहनुभएका सबै जोडिन सक्नुहुन्छ ।” अहिलेसम्म चार सय ३२ युवाले विदेशबाट फर्किनका लागि इच्छा देखाएको उनले बताए ।सांसद लामिछानेले भरतपुरको वडा नं १ र २ मा चार हजार आठ सय ७५ बिरुवा रोपिएको र  दुई हजार एक सय २८ जनाले मोबाइल क्लिनिकबाट सेवा लिएको पनि जानकारी गराए । रासस

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: