भण्डारीले आगामी महासमिति बैठकमा हिन्दू राष्ट्रको विषयलाई एजेण्डाको रूपमा प्रस्तुत नगरे अप्ठ्यारो पार्ने चेतावनी पनि दिए
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको शब्दकोषणबाट 'ॐ' (ओम) शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै भण्डारीले यस विषयमा कांग्रेस बैठककले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन् ।
‘नेपालको शब्दकोशबाट ॐ शब्द हटाइँदैछ । आजको बैठकबाट निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो । अति भयो,’ भण्डारीले भने, ‘नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने तयारीप्रति सरकारमा भएकोले हामीले खबरदारी गर्नुपर्छ । मौखिक रूपमा यो आवाज राखेका छौं । नभए सशक्त रूपमा आवाज उठाउँछौं ।’
भण्डारीले कांग्रेसले मूल विचार छोड्दा पार्टी र देशमा संकट आएको बताए । ‘इतिहासममै मुलुक संकटमा पुगेको छ । कांग्रेसलाई कालो दाग नलागोस् । यो मुलुकका यस्तो स्थिति आउँदा कांग्रेस जिम्मेवार छ । कथित राजनीतिक व्यवस्थाको नाममा १२ बुँदे सहमतिमा कांग्रेसले मूल विचार छोड्दा कांग्रेस र मुलुकमा संकट आयो,’ उनले भने, ‘सदियौंदेखि रहेको वैदिक सनातनको व्यवस्थजामा धावा बोल्ने र जिस्क्याउने काम हुँदा सरकार के हेरेर बसेको छ ? राष्ट्रिय स्वाधीनता संकटमा पर्दैछ । जनजाति, मुस्लिम, आदि, जात, धर्मको नाममा युद्ध हुने स्थिति आउँदा कांग्रेस के हेरेर बसेको छ । संघीय प्रणाली समग्र मुलुक र राष्ट्रिको निम्ति जोखिमयुक्त छ ।’
भण्डारीले आगामी महासमिति बैठकमा हिन्दू राष्ट्रको विषयलाई एजेण्डाको रूपमा प्रस्तुत नगरे अप्ठ्यारो पार्ने चेतावनी पनि दिए । ‘हिन्दु राष्ट्रको विषयमा हामीले पहिले लेखेर दिएको कुरा सभापतिले थन्क्याउनुभएको छ । म महामन्त्रीसँग आग्रह गर्छु । हामी पनि निर्वाचित सदस्य हौं । आगामी महासमितिमा हिन्दू राष्ट्रको एजेण्डा नल्याए अप्ठ्यारो पर्छ । महामन्त्रीहरूलाई मेरो विशेष आग्रह छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google