काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले सरकारमा राप्रपालाई लिँदैनौँ भनेको विषयलाई नोटिसमा राखेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले सरकारमा नजाने भन्दा भन्दै जान खोजेजस्तो बनाएर भ्रम छरेको बताए ।
उनले भने,‘कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो । कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ । हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस् । तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस् ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google