उपप्रधानसहित स्वास्थ्य मन्त्री बने उपेन्द्र यादव, वरीयतामा रविभन्दा पछाडि

दर्पण दैनिक २७ फाल्गुन २०८०,१२:५८
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् । मन्त्रीपरिषदकाे वरीयतामा यादव पाँचाैं नम्बरमा छन् ।

यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।


यस्ताे छ, मन्त्रीपरिषदकाे नयाँ वरीयताक्रम तथा कार्यविभाजन 
 

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री  
 २. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात
 ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र
४. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह
 ५. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या
 ६. श्री वर्षमान पुन मन्त्री अर्थ
 ७. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ
८. श्री भानुभक्त जोशी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
९. श्री हितबहादुर तामाङ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०. श्री रेखा शर्मा मन्त्री सञ्चार तथा सूचना प्रविधि
११. श्री पदम गिरी मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१२. श्री ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास
१३. श्री बलराम अधिकारी मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१४. श्री दामोदार भण्डारी मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१५. श्री भगवती चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१६. श्री राजेन्द्रकुमार राई मन्त्री खानेपानी
१७. श्री हरिप्रसाद उप्रेती मन्त्री रक्षा
१८. श्री धन बहादुर बुढा मन्त्री सहरी विकास
१९. श्री डोलप्रसाद अर्याल मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. श्री सुमना श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
२१. श्री विराज भक्त श्रेष्ठ मन्त्री युवा तथा खेलकुद
२२. श्री नवलकिसोर साह सुडी मन्त्री वन तथा वातावरण

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री  श्री उपेन्द्र यादवज्यू र माननीय मन्त्री श्री नवलकिसोर साह सुडीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।

२०८० साल फागुन २७ गते आइतबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: