काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्काे अवरोध हटाउने विषयमा समझदारी बनेकाे छ ।प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बाेधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको एमाले र कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।
असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीकाे राजीनामा मागेको थियोे । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री बैठकको सुरुमा बाेल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google