केही असन्तुष्टि छन्, तर प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ: सीके राउत

दर्पण दैनिक ६ चैत्र २०७९,१६:५३
post

काठमाडाैं  । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए । उनले नेपालमा बाइसे, चौबीसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको राउतको भनाइ छ ।

‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो संघर्ष गरेर संघीयता ल्याउनुभएको छ । संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए । त्यो भनेको संघीयता नै हो । तर, त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही असन्तुष्टिहरू हामीसँग छन् तर त्यसलाई समाधान गर्न सकिन्छ । सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन,’ राउतले भने ।

आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आगामी दिनमा समेट्दै लैजानुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: