खानीखोलामा रहेको श्री शारदा माध्यमिक विद्यालद्वारा एसइईमा  हुने ग्रेडेड विद्यार्थीलाई सम्मान

दर्पण दैनिक २० असार २०८२,१०:१६
post

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका ६ मा रहेको श्री शारदा माध्यमिक विद्यालयले यसवर्षको एसइईमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । असार १६ गते एक कार्यक्रम आयोजना गर्दै विद्यालयले २०८१ को एसइई परीक्षामा उत्तिर्ण हुन सफल विद्यार्थीलाई सम्मान गरेको हो । 

शारदा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएका १३ जनामध्ये ९ जना राम्रो अंक सहित (ग्रेडेड) उत्तिर्ण भएका छन्, भने ४ जना (ननग्रेडेड) भएका छन् । 

विद्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर थोकरले विद्यालयका कर्मचारीहरुको मेहेनतले सार्थकता पाएको बताए । साथै उनले आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरुलाई नगदसहित सम्मान गरे । 

यसरी सम्मानित हुने शिक्षकहरुमा विद्यालयका सह प्रधानध्यापक एवं शिक्षक राजकुमार अधिकारी, रामबावु शाह कानु , डिलाराज जोशी र रोशन खुलाल रहेका छन् । 

त्यस्तै, विद्यालयका प्रधानाध्यापक ढकबहादुर खुलालले विद्यालयले यस पटक ल्याएको नतिजा प्रति आफु धेरै नै खुशी रहेको बताए । उनले नयाँ विद्यालय व्यवस्थापन समितिकाे खटाइले यो सम्भव भएको भन्दै अध्यक्ष थोकरको प्रसंशा गरे ।

एसइइ परीक्षामा उत्तिर्ण हुन सफल विद्यार्थीहरुमा सुस्मिना भोलन, सपना भोलन, जुनिशा रसाइली, आशिका थोकर, विपिन्द्र गोले,  शर्मिला बोम्जन, सन्जिता सिंतान, सुजन थोकर, रितु सिंतान रहेका छन् ।

गत वर्ष एकजना पनि विद्यार्थी ग्रेडेड नभएपछि चिन्तित बनेका अभिभावक र शिक्षकहरु नयाँ व्यवस्थापन समिति आएसँगै आशावादी देखिएका थिए । गतवर्ष एसइईमा ननग्रेडेड भएका विद्यार्थीको लागि थोकरकै पहलमा विशेष कोचिङ कक्षा सञ्चालन गरी पुरक परीक्षामा विद्यार्थीलाई सहभागी गराइएको थियो । पुरक परीक्षमा भने राम्रो नतिजा प्राप्त भएको थोकरले बताए । 

गत मंसिर २८ गते सबै तहका विद्यार्थीहरुलाई ब्याग स्वीटर तथा न्यानो कपडा स्वरुप ब्लांकेट वितरण कार्यक्रम आयोजना गर्दै अध्यक्ष थोकरले यस वर्षको विद्यालयको नतिजामा कमी आउन नदिने प्रतिबद्बता जनाएका थिए । 

अध्यक्ष थोकरले विद्यालयको भौतिक कार्यमा समेत परिवर्तन गरेको बताएका छन् । उनले भने, 'अब एक सुविधायुक्त शैक्षक भवन निर्माण गर्नेतर्फ लागि परको छु ।' गुणस्तरीय जीवन उपयोगी शिक्षा अब स्थानीय विद्यालयबाटै पाउने गरी काम गर्ने थोकरले प्रतिवद्धता जनाए । 

खानीखोला गाउँपालिका भित्र ८ वटा माध्यामिक विद्यालय रहेका छन् । उक्त विद्यालयहरुमध्ये शारदा माध्यमिक विद्यालयबाट ७० प्रतिशत विद्यार्थी ग्रेडेड भई तेस्रो स्थानमा परेको छ ।
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: