सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता

दर्पण दैनिक ५ आश्विन २०८०,१७:५९
post

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिको तयारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिएको जानकारीअनुसार सहमतिपत्र तयार पारिएको छ । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति भएकाे छ । सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ । 

सञ्चारमन्त्री शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमति भएकाे जानकारी दिइन् । सरकारका तर्फबाट वार्ता टाेलीकाे नेतृत्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले गरेकी थिइन् ।

शिक्षा विधेयकमाथि विभिन्न १८ बुँदे असहमति राख्दै देशभरका शिक्षकहरू शिक्षक महासंघकाे नेतृत्त्वमा आन्दाेलित भएका थिए । उनीहरूले तीन दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गर्दा ट्राफिक व्यवस्था नै अस्तव्यस्त बनेकाे थियाे । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: