बासुकी माविमा कविता प्रतियोगिता सम्पन्न, यूना तामाङलाई प्रथम पुरस्कार

दर्पण दैनिक २९ बैशाख २०८१,१६:४१
post

ललितपुर । महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका १० लाकुरीभन्ज्याङ्ग स्थित बासुकी माविमा कविता प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा युना तामाङ प्रथम भइन् । उनले दुई हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाइन् । त्यस्तै कक्षा ९ मा की छात्रा तुलसा तामाङ द्धितीय र सन्ध्या तामाङ तृतीय भइन् । उनीहरुले क्रमश एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाए । 

कक्षा १० कै छात्रा राधिका तामाङले पाँच सय र प्रमाणपत्र सहित सान्त्वना पुरस्कार पाइन् । प्रतियोगितामा १८ जना सहभागी थिए । उनीहरुले सहभागीताको प्रमाणपत्र पाए । सबै प्रतियोगिहरुले वातावरणसँग सम्बन्धित विभिन्न शिर्षकमा कविता लेखन तथा वाचन गरेका थिए । 

कविता प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिका वडा नंं १० का वडा अध्यक्ष विजय लामाले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि महालक्ष्मी साहित्य समाज र लायन्स क्लबले गरेको कार्यको प्रशंसा गरे । आफूले पढ्दा यस्तो अवसर नपाएको स्मरण गर्दै उनले सबै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुले क्षमता अभिवृद्धि हुने बताए । 

बासुकी माविका प्रधानाध्यापक महेश जोशीले विद्यार्थीहरुको हौसला बढाइदिएकोमा धन्यवाद दिए । महालक्ष्मी साहित्य समाजका सचिव बासु गौतमले कार्यक्रमको बारेमा जानकारी दिँदै महालक्ष्मी नगरपालिकाका सबै विद्यालयमा कविता प्रतियोगिता गर्ने लक्ष्य संस्थाले राखेको बताए । 

लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका प्रेसिडेन्ट लायन उमेश कुमार पाण्डेले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । महालक्ष्मी साहित्य समाजका सदस्य तथा लायन्स क्लब अफ काठमाडौं ललित मण्डलाका पाष्ट प्रेसिडेन्ट लायन पुस्कर थापाले विद्यार्थीहरुलाई लायन्स क्लबको बारेमा जानकारी दिँदै सकेको अन्य सहयोग गर्ने बचन दिए ।

कविता प्रतियोगिता कार्यक्रममा वडा नंं १० का वडा सदस्य विरमान तामाङ, महालक्ष्मी साहित्य समाजका उपाध्यक्ष वरिष्ठ कलाकार सुशिल पोखरेल, लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे का रिजन चेयरपर्सन लायन पुरुषोत्तम बस्नेत, महालक्ष्मी साहित्य समाजका कोषाध्यक्ष जमुना रानामगर, सदस्यहरु विष्णु थापा, निरा श्रेष्ठ, लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका फस्ट भाइस प्रेसिडेन्ट लायन राम पण्डित, सेक्रेटरी लायन ध्रुर्ब बर्तौला खत्री लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: