'ढुङ्गाको खिचडी' देखाउँदै ब्राईट फ्युचर स्कुल

दर्पण दैनिक १८ जेष्ठ २०८०,२०:१९
post

ललितपुर । सातदोबाटोमा अवस्थित ब्राईट फ्युचर सेकेन्डरी स्कुलको प्रस्तुतिमा नेपाली लोककथामा आधारित नाटक ढुङ्गाको खिचडी प्रदर्शन हुने भएको छ । यही शुक्रबारदेखी आईतबारसम्म ओजस थियटर (शैली थियटर) रातोपुलमा उक्त नाटक देखाईनेछ ।

पुष्पराज अवस्थीको निर्देशनमा प्रदर्शन हुने नाटकमा दिव्याङ्का ओझा, दीक्षा परियार,सुशान्त कोईराला,प्रशान्त हुमागाइँ,संयोग रानाभाट, नवल नेपाली, गौरव हुमागाईँ, सुविन श्रेष्ठ ,रेस्मी राई, सुरज कटवाल, कृतिका बस्नेत, आदित्य पहरी,अभिमान श्रेष्ठ ,रसिल बस्नेत, तायानाम राई, संरक्षण मिश्र लगायतक कलाकारहरुको अभिनय रहनेछ ।

२०४६ सालमा स्थापित ब्राईट फ्युचर स्कुलले नानीबाबुले ममा के प्रतिभा छ ? भन्ने थाहा नपाउँदै तिनलाई सहभागिताका लागि थुप्रै अवसर प्रदान गरी कुनै विषय क्षेत्रको रुचि प्रतिभाको आधार बिन्दु हो भन्ने बुझाउन र त्यसतर्फ प्रेरित गर्न वार्षिक कार्यतालिकामा नै सकेसम्म धेरै अतिरिक्त क्रियाकलापहरु समावेश गरी बालबालिकाको क्षमताको आधारभूमि खोजी गर्न प्रयत्नशील रहँदै आएको र सोही क्रमको एक क्रियाकलाप ड्रामा क्लब रहेको विद्यालयका शिक्षक राम रमण हुमागाईँले जानकारी दिएका छन् ।

नाटक लोभी छुद्र आमाका माध्यमबाट आज पनि छोरीलाई पराया धन मान्ने, केटाका बाबुआमाका माध्यमबाट दाईकोमा अरुको सम्पत्तिको लोभ गर्ने चरित्रको अवशेष अझै समाजमा विद्यमान रहेको बोध गराउन सफल भएको बताईएको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: