काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आफ्ना उपलब्धि र भावी योजना सार्वजनिक गरेकी छन् । आफ्नो एक महिना कार्यकाल पूरा भएसँगै शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले हालसम्मका उपलब्धि र मन्त्रालयको योजना सुनाएकी हुन् ।
मन्त्रालयले एक महिनाको अवधिमा विशेषत 'विद्यालय शिक्षा, उच्च शिक्षा, सुशासा प्रवर्द्धन, छात्रवृत्ति, शैक्षिक गुणस्तर परीक्षण र वैदेशिक सम्बन्धन,' आदिलाई विशेष प्राथमिकतामा राखेर काम गरेको मन्त्री श्रेष्ठले बताइन् । एक महिनामा मन्त्रालयले मातहतका कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाजमा खटाउनेसम्बन्धी मापदण्ड तयार पारेको छ । यस्तै, प्रशिक्षार्थीसम्बन्धी कार्यविधि पनि मन्त्रालयले स्वीकृत गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google