
काठमाडौँ । बुढानीलकण्ठ–१३, चुनीखेलस्थित पीक पोइन्ट एजुकेशन नेटवर्कले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षामा सहभागी भएका कुल ६८ जना विद्यार्थीमध्ये ९ जनाले ४.०० जीपीए ल्याएका हुन् ।
विद्यालय प्रशासनका अनुसार यस वर्षको नतिजा हालसम्मकै उत्कृष्ट र उत्साहजनक रहेको छ । परीक्षामा सहभागी सबै ६८ जना विद्यार्थीहरूले उच्च श्रेणी हासिल गरेका छन् । जसमध्ये ९ जनाले ४.०० जीपीए (A+), ५७ जनाले ३.६ भन्दा माथि (A+) र २ जनाले ३.२ भन्दा माथि (A) जीपीए प्राप्त गरेका छन् । यसरी सतप्रतिशत विद्यार्थीहरूले 'ए' र 'ए प्लस' ग्रेड ल्याउन सफल हुनु विद्यालयका लागि ठूलो उपलब्धि भएको विद्यालयले जनाएकाे छ ।
स्थापनाकालदेखि नै संस्कारयुक्त गुणस्तरीय शिक्षामा जोड दिँदै आएको पीक पोइन्टले आगामी दिनमा पनि यस्तै उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

























































































.jpg)


















.jpg)





















































































































































































































































































































.jpg)












































































































































.jpg)




















































































.jpg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google