पूर्व युवराज पारश शाह अस्पतालबाट डिस्चार्ज

दर्पण दैनिक १६ भाद्र २०८०,२१:१४
post

काठमाडौं । पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन । 

मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरूको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

मुटु सम्बन्धी समस्या परेका पूर्व युवराज शाहको स्वास्थ्य स्थितिका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: