
तुलसीपुर । दाङमा एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै डर, त्रास र धम्की दिई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विशेष टोलीले घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर (खुकुरी देखाउने) र २१ वर्षीय जिबराज खत्रीलाई नियन्त्रणमा लिएको हो ।
युवतीमाथि अमानवीय ढंगले कुटपिट गरिएको र खुकुरी देखाएर धम्क्याइएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्कालै दोषीको खोजीकार्य तीव्र पारेको थियो । सोही क्रममा प्रहरी टोलीले असार २ गते मगरकै घरमा छापा मारी उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले मगरको घरबाट अभियुक्तलाई नियन्त्रणमा लिनुका साथै ठुलो परिमाणमा अवैध औषधि (लागुऔषध) समेत बरामद गरेको छ । उनको कोठाबाट प्रेगाम्याक्स (Pregamax) १ ट्याब्लेट, ट्रोहमो (Trohmo) ४१ ट्याब्लेट, एन्टिकोप (Antikop) २ ट्याब्लेट र नित्राजोहम (Nitrazohm) ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगर र घटनामा मतियारका रूपमा संलग्न रहेका खत्री दुवै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ । पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



















































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)
















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google