काठमाडौं । क्यानडा पठाई दिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडैंको मिनभवनबाट पक्राउ गरेके हो । दोलखा जिरी नगरपालिका ६ घर भई हाल जिल्ला काठमाडौं बुढानिलकण्ठ ३ बस्दै आएकी २७ वर्षिया फुलमाया जिरेललाई तिन लाख चौहत्तर हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
जिरेलले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु, त्यसको लागि दसलाख रुपैयाँ लाग्छ, क्यानडा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी जम्मा तीन लाख चौहत्तर हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।
रकम लिई सम्पर्क विहीन भएपछि ठगी गरेको भन्दै वैदेशिक रोजगार विभाग पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google