सिरोहियालाई तेस्रो पटक माद थपका लागि अदालत लगिदै

दर्पण दैनिक १४ जेष्ठ २०८१,०९:३६
post

काठमाडौँ । धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धी कसुरमा जेष्ठ ८ मा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३/३ दिनको म्याद दिएको थियो ।

दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: