चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा ३२ वर्षीय युवककाे ज्यान गयाे

दर्पण दैनिक ३ आश्विन २०८०,०७:२८
post

काठमाडौं । चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

उक्त दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने वीरगंज महानगरपालिका-१४ का ३२ वर्षीय पर्शुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: