काठमाडाैंकाे कपनमा चक्कु प्रहारबाट महिलाको हत्या

दर्पण दैनिक ८ बैशाख २०८०,०६:५८
post

काठमाडाैं । कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको हत्या भएको छ । चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो । बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे खुल्न सकेको छैन ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: