
काठमाडौं । बागमती प्रदेशका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय, हेटौँडा, मकवानपुरको सहयोग तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजनामा सम्पन्न कार्यशालामा बागमती प्रदेशका विभिन्न जिल्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
साथै, असार १५ गते सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा विद्यालय शिक्षा, अभिभावकको भूमिका, विद्यालय व्यवस्थापन, नेतृत्व विकास तथा गुणस्तरीय शिक्षाका विविध पक्षमा केन्द्रित प्रशिक्षण, अन्तरक्रिया र समूह छलफल गरिएको थियो। सहभागीहरूबीच विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका, समुदायको सहभागिता तथा विद्यालयको समग्र शैक्षिक सुधारका उपायबारे अनुभव आदानप्रदानसमेत गरिएको थियो।
कार्यशालामा शिक्षाविद् एवं नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्वमहानिर्देशक दीपक शर्मा तथा शैक्षिक अभियन्ता एवं प्रशिक्षकहरू अनिलमणि वज्राचार्य, सोमत घिमिरे, अभिषेक घिमिरे, पूर्णप्रसाद दवाडी र गुणराज मुक्तान लगायतले सहजीकरण गर्नुभएको थियो।
कार्यशालामा विद्यालय व्यवस्थापन समितिको भूमिका, काम, कर्तव्य र अधिकारका साथै विद्यालय सुशासन, शैक्षिक नेतृत्व, समुदायको सहभागिता, अभिभावकको उत्तरदायित्व तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्ना विद्यालयमा व्यवहारमा उतार्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बागमती प्रदेश सरकारले विद्यालय शिक्षामा गरेको लगानीको बारेमा पनि विद्यालय व्यवस्थापन समितिहरुले आफ्नो राय धारणा र विचारहरु राखेका थिए ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)





































































-1787461102.jpg)





.jpeg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google