काठमाडौँ । एक महिनामा देशभर आगलागीबाट ६ जनाको मृत्यु भएको छ, भने ६५ जना घाइते भएका छन् । प्रहरीका अनुसार फागुन महिनामा मात्रै यति ठुलो संख्यामा मानवीय क्षति भएको हो ।
१ महिनामा मात्रै ८४ घर र ५७ गोठ जलेका छन् । आगलागीबाट देशभरमा ४० करोड ४८ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर १४६ पशु चौपायाले ज्यान गुमाएको छन् ।
देशभरमा ५०१ आगलागी घटना भएका छन् । सबैभन्दा बढी कोशी प्रदेशमा १३५ वटा आगलागीका घटना भएका छन्, भने सबैभन्दा कम कर्णालीमा ३० वटा घटना भएका छन् । त्यस्तै मधेशमा १०५, बागमतीमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकीमा ३३, लुम्बिनीमा ६४ र सुदूरपश्चिमा ४१ वटा आगलागीका घटना भएको नेपाल प्रहरीले जनाएकाे छ । आगलागी नियन्त्रण तथा घइतेको उद्धारको लागि ३ हजार ६ सय १४ प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google