काठमाडौँ । काठमाडौँको कोटश्वरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएकाे छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो ।
बा३क ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google