दुबईमा ज्यान गुमाएका रमेश नेपालीकाे निधनप्रति दोलखाली समाज युएईका अध्यक्ष श्रेष्ठद्वारा दुख व्यक्त

दर्पण दैनिक २७ मंसिर २०८०,११:५३
post

काठमाडाैं । दोलखाली समाज युएईका अध्यक्ष सुनिलराज श्रेष्ठले दोलखाकाे जिरी नगरपालिका वडा न ९ ठुलोपातलका रमेशकुमार नेपालीकाे निधनप्रति दुख व्यक्त गरेका छन् । कार्तिक २३ गते बिहिवार साथीहरुसँग पौडी खेल्ने क्रममा दुबईकाे समुद्रमा डुबेर ज्यान गुमाएका नेपालीकाे शव नेपाल पठाउन सफल भएकाे श्रेष्ठले जानकारी दिएका छन् । 

श्रेष्ठले भने, 'बिगत १०  दिनदेखिको अनवरत प्रयास पछि रमेशकुमार नेपाली भाइको शव एयर अरबियाको उडानमार्फत नेपाल पठाउन सफल भएका छौं । रमेशकुमार नेपालीप्रति दोलखाली समाज युएईकाे तर्फबाट हार्दीक श्रदाञ्जली अर्पण गर्न चाहन्छाैं ।'

अध्यक्ष सुनिलराज श्रेष्ठले रमेशकुमार नेपालीको शव नेपाल पठाउन सहयाेग गर्ने नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल 'पाल्पाली', दोलखाली समाज युएईले शव व्यवस्थापनको लागी सुरु गरेको आर्थिक सहयोग अभियानमा सहयोग गर्ने कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएई, गौ संरक्षण युएई एवं बिभिन्न संघ संस्था, दोलखाली तथा गैर दोलखालीहरुलाई धन्यवाद दिएका छन् ।


दोलखाली समाज युएईका अध्यक्ष सुनिलराज श्रेष्ठले लेखेका छन्

अल बिदा रमेश भाई !!!!
थाहा छैन खोइ कहिले सम्म हो हामी नेपालीहरुले आफ्नो परिवारलाई शुख मा राख्ने आशा लियर आएको सपनालाई थाति राख्दै यसरि बन्द बाकस मा फर्किनु पर्ने !!
दोलखा जिल्ला , जिरी नगरपालिका - वडा न ९ , ठुलोपातल निवासी रमेश कुमार नेपाली गत सेप्टेम्बर ५ मा आफ्नो परिवार को आँखा मा खुसि बाँड्ने सपना बुन्दै गर्भवती श्रीमती लाई छाडेर जागिर खोज्ने शिलशिलामा भिजिट भिसा मार्फत युएईको दुबई शहर आउनु भएको थियो।
गत नोवेम्बर २८ तारिखका दिन साथीहरु संग पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर उहाँको निधन हुन पुग्यो। नत ति नाबालाक छोराले बाबुको मुख देख्न पाए नत रमेशले आफ्नो परिवारको अनुहारमा खुसी छर्न सके ।
केबल मृत आत्मा प्रतिको चिर शान्तिको कामना गर्नु र मृतकका परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्नु सिबाय के नै  रहेछ र !  
बिगत १०  दिन देखि को अनवरत प्रयास पछि हिजो बेलुका रमेश कुमार नेपाली भाइको शब एयर अरबियाको उडान मार्फत आज बिहान  नेपाल पठाउन सफल भएका छौ। 
यस कार्यमा सुरुवाति दिन देखि समन्वय गरेर सहयोग गर्नु हुने आदरणीय व्यक्तिव नेपाली समाज युएईका अध्यक्ष Bed Prasad Aryal Palpali ज्यू, एवं नेपाली समाज युएई टिम, दोलखाली समाज युएई. ले शब ब्यबस्थापनको लागी सुरु गरेँको आर्थिक सहयोग अभियानमा सहयोग गर्नुहुने श्री कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएई , गौ संरक्षण युएई एवं  बिभिन्न संघ संस्था, दोलखाली तथा गैर दोलखाली साथिहरु , अपुग आर्थिक रकम को लागी नेपाली समाज युएई एवं NRNA युएई ले जिम्मेवारी लिदै गत फेब्रुअरीमा 2023 मा NRNA युएई को संयोजकत्व एवं नेपाली समाज युएई, बैचारिक संगठन हरु, नेपाल पत्रकार महासंघ शाखा युएई,नेपाल आदिवासी जनजाती महासंघ युएई, ईनास युएई तथा युएई मा सक्रिय संघ संस्था को संयुक्त सहकार्य मा सम्पन्न भएको सिने फेस्ट बाट  बचेको संयुक्त कोष बाट अपुग रकम सहयोग गर्नु भएको थियो, यस अभियान मा निरन्तर सल्लाह सुझाव दिनु हुने NRNA UAE का अध्यक्ष  Bikas Shahi ज्यू र NRNA UAE का उपाध्यक्ष Bhim Malla Thakuri ज्यू लगायत सम्पूर्ण NRNA UAE टीम, सहज तवरले आबास्यक  प्रक्रियामा सहयोग गर्नु हुने नेपाली दूतावास टिम , नुवाकोट सेवा समाज युएई टिम , प्रवास नेपाली सम्पर्क बिभाग युएई क सभापति Sujan Thapa ज्यु , साथै  दोलखाली समाज युएई का सचिव Keshav Shrestha ज्यु, कोषाध्यक्ष Gopini Shah ज्यु ,सदस्य समिर आचार्य ज्यु लगायत यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण आदरणीय ब्यत्तित्वहरुमा मेरो ब्यत्तिगत तर्फबाट र सिंगो दोलखालि समाजको तर्फबाट हार्दिक नमन गर्दछौँ। 🙏🙏
सुनिल राज श्रेष्ठ 
अध्यक्ष 
दोलखाली समाज युएई

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: