नेपालमा मृत्यु र अपांगताको प्रमुख कारण वायु प्रदूषण : विश्व बैंक

दर्पण दैनिक ३ असार २०८२,१४:३३

वायु प्रदूषणका कारण प्रत्येक नेपालीको औसत जीवन आयु ३ वर्षले घट्दै छ भने वार्षिक झन्डै २६ हजार मानिसको मृत्यु भइरहेको छ ।

post

काठमाडौं । वायु प्रदूषण नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको बताउँदै विश्व बैंकको नयाँ प्रतिवेदनले यस समस्यालाई समाधान गर्न सबै क्षेत्रमा मिलेर काम गर्नुपर्ने सुझाव दिएको छ । विश्व बैंकले ‘नेपाल स्वच्छ हावातर्फ लाभ, प्रदूषणका स्रोतहरू र समाधानहरू’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल र इन्डो-गङ्गेटिक समथरभूमि तथा हिमाली फेदी क्षेत्रको वायु प्रदूषणको गहिरो मूल्यांकन प्रस्तुत गरेको छ। 

प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण प्रत्येक नेपालीको औसत जीवन आयु ३ दशमलव ४ वर्षले घटेको छ भने वार्षिक झन्डै २६ हजार मानिसको असामयिक मृत्यु भइरहेको छ ।

काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणका ‘हटस्पट’ मानिएको छ । पछिल्लो दशकमा सुधारका प्रयास भए पनि परिणाम खासै देखिएको छैन । कमजोर हावाको गुणस्तरले स्वास्थ्यसँगै देशको श्रम उत्पादकत्व, पर्यटन र विमानन क्षेत्रलाई समेत नोक्सान पुर्याइरहेको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको विश्व बैंकले जनाएको छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रदूषण नियन्त्रण र आर्थिक विकास परस्पर विरोधी होइनन् भन्ने धारणा व्यक्त गरे । उनले भने, ‘स्वच्छ हावा पाउनु नेपालीको अधिकार हो । अहिले नै ठोस कदम चाल्न सके खर्च कम लाग्छ, ढिला गरे झन् महँगो पर्नेछ । सरकारले कडा उत्सर्जन मापदण्डदेखि विद्युतीय सवारीसाधन प्रवर्द्धनसम्मका कदम अघि बढाएको छ ।’

वायु प्रदूषण नियन्त्रणका लागि सवारीसाधन उत्सर्जन नियन्त्रण, औद्योगिक प्रदूषण नियन्त्रण, घरायसी चुल्हो सुधार, जङ्गल आगलागी नियन्त्रण र सीमापार प्रदूषण नियन्त्रण गर्नुपर्ने विश्व बैंकले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ।

नेपालको जटिल भूगोल, विशेष गरी चारैतिर डाँडाले घेरेको काठमाडौं उपत्यकाले वायु प्रदूषणलाई नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले भने, ‘स्वास्थ्य र समृद्धिका लागि सफा हावा अत्यन्तै महत्त्वपूर्ण छ । विश्व बैंकले आफ्नो वैश्विक ज्ञान र अनुभव प्रयोग गरी नेपाललाई वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिमार्फत साथ दिन निरन्तर प्रतिबद्ध छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: