पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष रौनियार पक्राउ

दर्पण दैनिक १५ असार २०८०,१७:३३
post

काठमाडौं । पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको हाे ।

उनलाई काठमाडौंमा पक्राउ गरिएको र बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनी पर्सा क्षेत्र नम्बर ३ का पूर्वसांसद् हुन् । उनी तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: