
काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को माघ महिनाको प्रदेशगत अपराध दर्ता विवरण अनुसार मुलुकभर अपराधको ग्राफमा केही गिरावट देखिएको छ। तथ्याङ्क अनुसार माघ महिनामा देशभर कुल ४,५६१ वटा अपराधका मुद्दाहरू दर्ता भएका छन्, जुन अघिल्लो महिना (पुस) को तुलनामा ४.१६ प्रतिशतले कमी हो । पुस महिनामा ४,७५९ वटा मुद्दा दर्ता भएका थिए ।
उपत्यका र कोशी प्रदेशमा उच्च, कर्णालीमा न्यून
भौगोलिक आधारमा विश्लेषण गर्दा संघीय राजधानी समेत रहेको काठमाडौँ उपत्यका अपराधको मुख्य केन्द्र बनेको देखिन्छ । यहाँ सबैभन्दा बढी १,३३७ वटा मुद्दा दर्ता भएका छन् ।
प्रदेशगत विवरण यस प्रकार छ:
काठमाडौँ उपत्यका: १,३३७ मुद्दा
कोशी प्रदेश: ७७५ मुद्दा
मधेश प्रदेश: ७०४ मुद्दा
लुम्बिनी प्रदेश: ५७३ मुद्दा
बागमती प्रदेश (उपत्यका बाहेक): ३८८ मुद्दा
गण्डकी प्रदेश: ३६७ मुद्दा
सुदूरपश्चिम प्रदेश: २५८ मुद्दा
कर्णाली प्रदेश: १५९ मुद्दा (सबैभन्दा कम)
बैंकिङ कसुर र आर्थिक अपराधको चित्र
दर्ता भएका मुद्दाहरूको प्रकृति हेर्दा बैंकिङ कसुर समाजका लागि ठूलो चुनौतीको रूपमा देखा परेको छ। कुल मुद्दामध्ये २२.२९ प्रतिशत (१,०१७ मुद्दा) बैंकिङ कसुरसँग सम्बन्धित छन्। यसले पछिल्लो समय डिजिटल र आर्थिक कारोबारमा बढ्दै गएको जोखिमलाई प्रस्ट पार्छ ।
शीर्ष ५ अपराधका मुद्दाहरू:
बैंकिङ कसुर: १,०१७ (२२.२९%)
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध: ५६३ (१२.३४%)
आत्महत्या: ४९४ (१०.८३%)
लागू औषध: ४३६ (९.५६%)
भवितव्य ज्यान: ३८० (८.३३%)
सामाजिक र ज्यान सम्बन्धी अपराधको अवस्था
तथ्यांक अनुसार शीर्षकगत रूपमा सामाजिक अपराधको हिस्सा १७.३६ प्रतिशत (७९२ मुद्दा) रहेको छ भने संगठित तथा आर्थिक अपराध १४.७३ प्रतिशत (६७२ मुद्दा) रहेको छ । ज्यान सम्बन्धी मुद्दाहरू ६६९ वटा दर्ता भएका छन् ।
महिला तथा बालबालिका विरुद्धका अपराधका मुद्दाहरू २२४ वटा दर्ता भएका छन्, जसले यो क्षेत्रमा अझै विशेष सुरक्षा र सचेतनाको आवश्यकता देखाउँछ । चोरी सम्बन्धी ३६४ र सवारी सम्बन्धी २४० मुद्दाहरू माघ महिनामा दर्ता भएका छन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)







































































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)




























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google