
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडप तथा गोली चलेको दुःखद घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष काशीनाथ दङ्गालद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
देशका विभिन्न स्थानमा धार्मिक आस्था तथा सामाजिक विषयसँग सम्बन्धित विवाद, विरोध र तनावका घटनाहरू बढ्दै गएको सन्दर्भमा २०८३ साउन १० गते देवानगञ्जमा उक्त घटना भएको विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानले हरेक नागरिकलाई आफ्नो धर्म, आस्था र विश्वास स्वतन्त्र रूपमा अवलम्बन, अभ्यास र संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै महासंघले लोकतान्त्रिक समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विधिको शासनको सम्मान गर्नु सबैको आधारभूत दायित्व भएको स्पष्ट पारेको छ। मतभिन्नता र असहमति समाधानका लागि हिंसा वा उत्तेजना नभई संवाद, सहिष्णुता र संवैधानिक व्यवस्था नै उपयुक्त माध्यम भएको महासंघको ठहर छ।
महासंघले सम्पूर्ण राजनीतिक दल, धार्मिक तथा सामुदायिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकलाई अपुष्ट, भ्रामक तथा उत्तेजक सूचनाबाट टाढा रहँदै शान्ति र सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गरेको छ।
साथै, घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन महासंघले नेपाल सरकार तथा सम्बद्ध निकायसँग जोडदार माग गरेको छ।










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)





















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google