
काठमाडौं । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । नेपाल सरकारको निर्णयबारे भारतका पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’ नेपाल सरकारको निर्णयबारे विस्तृत जानकारी नभएको बताउँदै उनले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको बताए ।
यसअघि बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले एक सय रुपैयाँको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको थियो ।










































































































































































































































































.jpg)














































































































































.jpg)














































































































































































.jpg)



प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google