इन्सपेक्टर मनोज यादव कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

दर्पण दैनिक २९ कार्तिक २०८०,१२:१३
post

काठमाडाैं । प्रहरी निरिक्षक (इन्सपेक्टर) मनोज कुमार यादव कार्तिक हिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालय गौशला महोत्तरीमा कार्यरत इन्सपेक्टर यादवलाई मंगलबार कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०८० कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

महोत्तरीका प्रहरी उपरीक्षक(एसपी) प्रकाश मल्लले यादवलाई ‘सर्वोत्कृष्ट प्रहरी’ अवार्डले सम्मान गरेका हुन् । इन्सपेक्टर यादवले जघन्य अपराध नियन्त्रण, अवैध हातहतियार पक्राउ, लागुऔषध लगायत विषयहरुमा सक्रिय भूमिका खेलेका थिए । 

महोत्तरीमा भन्सार चोरी निकासी पैठारी नियन्त्रण, समुदायलाई सुरक्षित राख्न प्रभावकारी सामुदायिक गस्ती घटित अपराधको वस्तुगत र प्रमाणमुखी अनुसन्धान तथा समाजमा शान्ति सुव्यवस्थालाई कायम राखी आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाएको जिप्रका महोत्तरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: