
काठमाडौँ । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिवाना सम्बन्धी फर्जी पर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जालमा लगातार फैलिरहेको मोटर यातायात तथा ट्राफिक नियमावली, २०७४ बमोजिमको जरिवाना दररेटसहितको पर्चा पूर्णरूपमा नक्कली र आधारहीन रहेको विभागले स्पष्ट पारेको छ ।
हाल नेपालमा त्यस्तो नामको कुनै पनि कानुनी व्यवस्था नरहेको तथा पर्चामा राखिएको विभागको नाम र लोगो समेत नक्कली रहेको पाइएको छ । ‘भ्रामक र असत्य सामग्रीहरूको तथ्य तथा प्रमाण परीक्षण नगरी लाइक, सेयर तथा प्रचार प्रसार नगर्न विभागले आम नागरिक र सरोकारवालाहरुसँग सार्वजनिक अनुरोध गरेको छ । आधारहीन सामग्रीको प्रयोगले सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै सार्वजनिक संस्थाप्रतिको जनविश्वास समेत कमजोर हुने विभागको ठहर छ । विद्युतीय कारोबार ऐन, २०६३ र प्रतिलिपि अधिकार ऐन, २०५९ लगायतका प्रचलित कानुन विपरीतका यस्ता गतिविधिहरू दण्डनीय हुने भएकाले अब उप्रान्त यस्ता कार्य भएमा कानुनबमोजिम कारबाही गरिने छ’, विभागले निकालेको सूचनामा उल्लेख छ ।
ट्राफिक जरिबाना सम्बन्धी विषयमा नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्मका लागि पुराना कानुनी व्यवस्थाहरू नै कार्यान्वयनमा रहने छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ बमोजिम नै ट्राफिक जरिवाना निर्धारण हुने भएकाले तिनै कानुनी आधारलाई मात्र मानेर सचेत रहन विभागले सबैमा आग्रह गरेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)

































































































































































































































































































































.jpg)















































































































































.jpg)









































































































































































.jpg)













































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google