नेपाल आयल निगमले आईपीओ जारी गर्ने

दर्पण दैनिक ९ आश्विन २०८०,१४:२१
post

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । 

उनले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए । 

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने जानकारी दिए । 

व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आइपीओ दिने तयारी रहेको उनको भनाइ  । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने बताए । 

उनले भने, ‘ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरूका मागहरू समय सापेक्ष रूपमा सम्बोधन गर्दै जान्छ । केही मागहरू सम्बोधन गर्नुपर्ने छ । मागहरू सञ्चालक समितिमा अड्किएर बसेका पनि छन् । व्यवसायीहरूमा मागहरू चाँडै सम्बोधन गर्नेछौँ । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसाबले आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउनुपर्ने आवश्यकता छ । आयल निगम गएको आर्थिक वर्ष नाफामा रह्यो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहन्छौँ । सधैँभरि नेपाल आयल निगम घाटामा रह्यो भन्ने अवस्था पनि होइन ।’
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: