
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिनामा सरकारी राजश्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षमा करिब १० प्रतिशत अर्थात् ८ अर्ब २४ करोड रूपैयाँले राजश्व संकलन बढेकाे हो । चाल आर्थिक वर्षकाे साउन महिनामा सरकारको आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख रूपैयाँ हाराहारी देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजश्वतर्फको कुल प्राप्ति ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजश्वतर्फको कुल प्राप्ति ७ अर्ब ३ करोड ४७ लाख छ । त्यस्तै, सरकारले पहिलो महिना रु २४ करोड ३ लाख वैदेशिक अनुदान सहायता लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च ४१ अर्ब ८८ करोड ५८ लाख रूपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रूपैयाँ बराबरको बजेट ल्याइएको थियो । साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको एक दशमलव ९७ प्रतिशत हो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)





























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google