काठमाडौं । । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले निरन्तर पहल कदमी र सरोकारवाला सबैको सक्रियताले यस पटक प्लाष्टिकजन्य फूलको कारोबार निरुत्साहन र स्वदेशमै उत्पादित पुष्प प्रवद्र्धनका लागि महत्वपूर्ण कार्य भएको भन्दै आभार व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै फ्यानले पुष्प उत्पादन प्रवद्र्धनमा एकता र सहयोगका लागि आभार व्यक्त गरेको हो ।
फ्यानले भनेको छ, ‘कोरोनाकालमा थला परेको पुष्प क्षेत्र यति बेला कोरोना अघिकै गतिमा अगाडि बढिरहेको छ । निरन्तर यो गति बढ्दै जाने र पुष्प व्यवसाय फैलदै जाने तथा पुष्प तथा पुष्पजन्य उत्पादनमा मुलुक आत्मनिर्भर बन्दै निर्यातमा प्रयाप्त बढावा हुनेमा हामी विश्वस्त छौँ । यो कार्यमा किसान, उद्यमी, व्यवसायी, सरकारी तथा गैरसरकारी निकायहरु, मिडियाकर्मी र आम जनस्तरबाट भएका अभूतपूर्व प्रयास र एकता प्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । नेपाल सरकार गृह मन्त्रालयमा २०८० कार्तिक २ गते भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) र सरोकारवाला निकायहरुसँग भएको छलफल, पुष्प विकास केन्द्रको २०८० कार्तिक १२ गते भारतीय माला आयात सम्बन्धी सूचना, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको २०८० कार्तिक २३ गते प्रकाशित विज्ञप्ति, देशभरबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाँउ पालिकाहरुले गरेको प्लाष्टिकजन्य फूलमाला प्रतिवन्ध र स्वदेशी उत्पादनलाई मात्र प्रयोग गर्ने प्रतिवद्धता लगायतका कदमले स्वदेशमै उत्पादित पुष्प प्रवद्र्धनका लागि बल पुगेको छ ।’
अवैध रुपमा पुष्प आयात गर्ने, भण्डारण गर्ने तथा विक्री गर्ने माथि गृहमन्त्रालयले प्राथमिकताका साथ अनुमगन समेत गरिरहेको र फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) पनि निरन्तर समन्वयमा रहेको फ्यानले जनाएको छ । तिहार नजिकिदै जाँदा यस किसिमको अवैध कारोबार बढ्न सक्ने सम्भावित अवस्थालाई निरुत्साहन गर्न यस्ता गतिविधिको जानकारी पाइएमा हामीलाई वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु हुन पनि फ्यानले अनुरोध गरेको छ ।
फ्यानले भनेको छन्, ‘स्वदेशमै सयपत्री फूलको प्रयाप्त उत्पादन भइरहँदा पनि किसानको उत्पादनलाई प्रत्यक्ष असर गर्ने गरी कुनै पनि पक्षबाट हुने आयातलाई प्रोत्साहन गर्ने गतिविधि भएको पाइएमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) र नेपाली किसान यसै चुप लागेर बस्ने अवस्थामा छैनौँ । तिहारको पूर्व सन्ध्यामा अबैध तथा आबश्यकता भन्दा बढि सयपत्री मालाको आयात भई रहेको सूचनाहरु प्राप्त भए पछि नेपाली किसानहरु प्रतिकारका लागि फूलका माला बोकेर सरकारी निकायमा धर्ना दिनेसम्मको तयारी भइरहेको थियो तर तत्काललाई सरकारी पक्षबाट आएको प्रतिवद्धताले असहज परिस्थिति सृजना हुनबाट टरेको जानकारी पनि गराउन चाहन्छौँ । अन्त्यमा, सबै महानुभावज्यूहरुमा फूलै फूलको पर्व शुभ दिपावली हर्सोल्लासका साथ मनाउन नेपाली सयपत्री फूल (उत्पादन) लाई प्राथमिक्ता दिनु हुन हार्दिक अपिल गर्दै आउदै गरेको शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)

































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google