काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल ‘फ्यान’ले ‘व्यवसायिक कट फ्लावर उत्पादनमा रोग किरा नियन्त्रण तथा मल व्यवस्थापन सम्बन्धि ३ दिने उच्चस्तरिय तालिम’ आयोजनामा गर्ने भएको छ ।
असार १८ देखि २० गतेसम्म आरम्भ रेष्टुरेन्ट बुद्धनगरमा तालिम सञ्चालन हुने फ्यानले जनाएको छ ।
फ्यानका उपाध्यक्ष तथा तालिम संयोजक सुमन महर्जनका अनुसार तालिममा सहभागी हुन फ्यान सदस्यहरुको लागि प्रति व्यक्ति ३,००० रुपैयाँ र गैर सदस्यहरुको लागि ३ हजार ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
कट फ्लावर उत्पादक व्यवसायीको लागि तालिम कोसेढुँगा सावित हुने फ्यानका सचिव राजु तामाङले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google