प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुग्याे सुनको मूल्य

दर्पण दैनिक ३ जेष्ठ २०८१,१२:५४
post

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि वैशाख ७ गते छापावाल सुन एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार भने हालसम्मकै उच्च मूल्यमा छापावाल सुन कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापालाव सुन प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।

बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: