खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने

दर्पण दैनिक २९ बैशाख २०८३,०६:५६
post

काठमाडौँ । नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्ने उद्देश्यले ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेल, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि यु पेङचेङ र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले सोमबार उक्त केन्द्रको शिलान्यास गरे । कुल ३२ लाख रुपैयाँमा निर्माण हुने सो तालिम केन्द्रमा स्थानीय, प्रदेश सरकार र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको सहकार्य हुने जनाइएको छ ।

सोही अवसरमा स्थानीय कृषक समूहलाई प्रविधि र अन्य प्राविधिक विषय ज्ञान प्रदान गर्न उच्चस्तरको तालिम सुरुआत गरिएको छ । चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र–नेपाल भाइब्रेन्ट भिलेज’ पहलअन्तर्गत सञ्चालित यो परियोजनाले ललितपुर महानगरपालिकाको खोकना र दक्षिणकाली नगरपालिकामा कृषि आधुनिकीकरणमा नमुना क्षेत्रका रूपमा सहकार्य गर्ने लक्ष्य राखेको छ ।

मन्त्री पौडेलले सो तालिम केन्द्र सञ्चालनमा आएपछि किसानलाई प्राविधिक ज्ञान दिलाउन र रोजगारी सृजनामा महत्वपूर्ण भूमिका गर्ने विश्वास व्यक्त गरे । चीनले कृषि प्रविधिमा मारेको फड्कोबाट नेपालले पनि लाभ लिन चाहेको उनले बताए ।

त्यसैगरी चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यसप्रकारको सहकार्यले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने र दिगो कृषि प्रणालीको जग बसाल्ने बताइन् । निर्देशक झियाङले समग्र परियोजना आधुनिक कृषि प्रणालीको विकास गर्न लक्षित भएको बताइन् ।


चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालनजस्ता परियोजना सञ्चालन गरिसकेको छ । चिनियाँ सहकार्यमा भएको यस कार्यक्रमअन्तर्गत खोकना र दक्षिणकालीमा रैथाने बालीको प्रवद्र्धन, बेमौसमी तरकारी उत्पादन र जीवन्त गाउँको निर्माणमा योगदान पुगेको ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनले बताए ।

उक्त समारोहमा चिनियाँ पक्षबाट अत्याधुनिक खेतबारी जोत्ने मेसिन ललितपुर महानगरपालिका–२१ को कृषक समूहलाई हस्तान्तरण गरियो । रिमोट कन्ट्रोलबाट चल्ने सो मेसिनले १ घण्टामा १ हजार वर्गमिटर जोत्न सक्ने र इन्धनको पनि कम खपत हुने चिनियाँ प्राविधिकहरूले जानकारी दिएका छन् ।

यसप्रकारका तालिम र प्राविधिक सहकार्यमा चिनियाँ विशेषज्ञ र अनुसन्धानकर्ताहरूको प्रत्यक्ष रेखदेख र संलग्नता रहने आयोजकले जनाएको छ । यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ । सो अवसरमा स्थानीय महिला समूहले हातले बुनेका जुत्ता, स्थानीय मिठाइ र परियोजनाअन्तर्गत उत्पादन गरिएका ताजा तरकारी प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: